फेसबुकको स्टाटस अपडेट गरिदिन आग्रह गर्दै आत्महत्या

काठमाडौं- भारतको एक मेडिकल कलेजका छात्रले फेसबुक स्टाटस अपडेट गरिदिन आग्रह गर्दै आत्महत्या गरेका छन् । एलएन कलेजमा एमबिबिएस अध्ययनरत विशाल यादवले एक भवनको छैठौं तल्लाबाट हाम्फालेर आत्म हत्या गरे ।

विशालले आत्महत्या गर्नु अघि आफ्नो एक साथिलाई आफुले बाटोमा गीत सुन्न सकियोस् भनेर मोवाइल साथैमा लगेको भन्दै एसएमएस गरेका थिए । यति मात्र नभइ उनले आफ्ना ति साथिलाई आफ्नो फेसबुक एकाउण्ट पनि अपडेट गरिदिन आग्रह गरेका थिए ।

उनले एसएमएसमा लेखेका छन् “भाइ मेरो तर्फबाट फेसबुकमा लेखिदिनु की म जाँदै छु भनेर । अनी मेरा केहि साथिहरु पनि अनलाइन होलान् उनीहरुलाई पनि भनिदिनु म जाँदै छु भनेर । तँलाई थाहै छ मेरो को साथिसँग कसरी कुराकानी गर्नुपर्छ भनेर । मेरा हरेक साथिहरुलाई मेरो तर्फबाट गुडबाइ भन्दिनु ।”

विशालका ति साथिले प्रहरीलाई दिएको जानकारी अनुसार तिनले आफ्नो पछिल्लो परिक्षा त्यति राम्रो गर्न सकेका थिएनन् । त्यसैले विशालले आत्महत्या गर्नुअघि पठाएको एसएमएसमा लेखेका थिए “मैले राम्रो गर्न सकिन, म गएँ, तिमिहरुले राम्रोेसँग पढ्नु र अघि बढ्नु । म तिमिहरु सवैलाई सम्झिरहने छु ।”

उनले एसएमएसमा आफुलाई मर्न डर लागेपनि अव अरु धेरै बाँच्न नसक्ने भनेर लेखेका थिए । भर्खरै आमा र भाइले फोन गरेर आफुलाई औषधी खान सल्लाह दिएपनि उनीहरुलाई के थाहा म सधैंका लागि औषधी खान गइरहेको छु भनेर उनले एसएमएसमा लेखेका छन् ।

प्रहरीले आत्महत्याको मुख्य कारण परिक्षा नै भएको बताएको छ ।

एजेन्सी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय