मलेसियाका अवैधानिकलाई थप आक्रामक कारवाहीको घोषणा

काठमाडौं – मलेसिया अध्यागमन बिभागका डाईरेक्टर जनरल दातुक मुस्ताफा ईब्राहिमले अबैधानिक रुपमा मलेसियामा बसिरहेका बिदेसी कामदार माथि थप आक्रमक कारबाही थालिने बताएका छन् । मुस्ताफा ईब्राहिमले अपरेसन फोर्स रेलालाई निरन्तरता दिने पनि जानकारी दिए । ईब्राहिमले प्लान्टेशनको भिसाको ब्यापार गर्नेहरुको रेकर्ड पनि आफूहरुसँग रहेको भन्दै फरक भिसामा काम गर्नेहरुलाई नछोडिने समेत चेतावनी दिएका छन् ।

त्यसैबीच वर्तमान अवस्थामा सबैभन्दा धेरै नेपाली श्रमिकहरु पीडित भएको मलेसियका लागि नेपाली राजदुत डा. निरन्जनमान बस्नेतले बताएका छन् । सोमवार नेपाली राजदुतावासमा दातुक मुस्तफासँगको भेटमा राजदुत डा.बस्न्यातले भन्नु भयो ‘श्रमिकहरुलाई बिभिन्न माध्यमबाट पीडित बनाउने ब्यक्ति र गिरोहलाई कारवहीका लागि सबुद प्रमाणसहित मलेसिया र नेपाल दुबै सरकारलाई परिपत्र गरिसकेको छु ।’

सरकारको अनुमति प्राप्त हुने वित्तिकै शंकास्पदहरुमाथि कानुनी कारबाही थालिने उहाँले बताउनुभयो । राजदुत डा. बस्नेतले भन्नुभयोः ‘मेरो प्राथमिकता भनेकै यहाँका करिव १० देखि १५ प्रतिशत पीडित नेपालीहरुको हित र उद्धार हुनेछ । मैले दुबै सरकारलाई लेखि सकेको छु, ब्रिफिङ गरिसकेको छु । श्रमिकहरुलाई पीडित बनाउने गिरोह र ब्यक्तिको पहिचान पनि भईसकेको छ ।

यो समाचार नेपाल आवाजबाट लिइएको हो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय