क्षतिपूर्ती रकम कामदारको हितका लागि बढाइयो

काठमाडौं – बैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारका परिवारलाई दिंइदै आएको रकम पीडितलाई राहत पुगोस् भनेर दोव्वर बनाइएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताएका छन् ।

राजाधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक काफ्लेले विदेशमा मृत्यु हुने नेपालीको संख्या बढिरहेको अवस्थामा सरकारले गरेको क्षतीपूर्ती रकमको बृद्धिले पीडित परिवारलाई राहत पुग्ने बताए । सरकारले गत असोज महिना देखि नै क्षतीपूर्ती रकममा बृद्धि गरिसकेको छ । वैदेशिक रोजगारीका क्रममा कसैको मृत्यु भएमा नीजका परिवारलाई १ लाख ५० हजार दिईंदै आएकोमा हाल त्यसलाई बढाएर ३ लाख बनाइएको छ ।

सम्वन्धित सरोकारवाला निकाय, गैरआवासिय नेपाली र वैदेशिक रोजगार व्यवसायीले आग्रह गर्दै आएपछि बोर्डको पहलमा क्षतीपूर्ती रकम बृद्धि गरिएको काफ्लेले बताए । उनले भने – यसले पीडित परिवारलाई केहि भएपनि राहत पुग्छ ।

सोही अवशरमा काफ्लेले वैदेशिक रोजगारीसम्बन्धी सूचना स्थानीय तहसम्म पुर्याउन बोर्डले स्थानीय क्षेत्रका सम्बन्धीत गाविस, जिविस र नगरपालिकासँग सहकार्य गरेर वैदेशिक रोजगारसम्बन्धी सूचना स्थानीय तहसम्म पुर्याउने प्रयास गरिएको कार्यकारी निर्देशक काफ्ले बताए ।

उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिन हाल सञ्चालित केह संस्थाको गुणस्तरीयता सुधार गरी नयाँ दर्ता भएकालाई पनि तोकिएको मापदण्ड अनुसार सञ्चालनमा ल्याइने जानकारी गराए ।

यो समाचार राजधानी दैनिकबाट लिइएको हो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय