विद्यार्थी भिसामा जाँदै कामदारहरु

काठमाडौं – विभिन्न कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र) मार्फत विद्यार्थी भिसामा जानेमध्ये ८० प्रतिशत कामदारकै रुपमा जाने गरेको पाइएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी गराएको छ । हालसम्म भएका विविध गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।

उनले हालसम्म सरकारी विभिन्न निकायले गरेको अनुगमन एवं स्थलगत भ्रमणको क्रममा बोर्डलाई यस्तो तथ्यबारे जानकारी प्राप्त भएको बताए । विद्यार्थी भिसामा युरोप, अमेरिका लगायतका मुलुकमा पुग्ने मध्ये ८० प्रतिशत कामदारको भिसामा गएको पाइएको काफ्लेको भनाई छ । उनले यसलाई नियन्त्रण गर्न सरकारी तयारी गरिएको समेत जानकारी दिए ।

विभिन्न कन्सल्टेन्सी मार्फत त्यसरी विद्यार्थी गइरहेको भन्दै त्यसरी जानेहरुको विवरण अव छुट्टै राख्ने काफ्लेले बताए । त्यसरी विद्यार्थी भिसामा युरोपका विभिन्न मुलुक र अमेरिकामा गएर धेरै नेपाली कामदारका रुपमा बसेको हुँदा त्यसमा कडाइ गर्न खोजिएको काफ्लेको भनाइ छ । उनले त्यसरी विद्यार्थी भिसामा गएर कामदार भएर बस्दा अनेकौं समस्या आइपर्ने भन्दै सम्भावित जोखिम कम गर्न सरकार चनाखो भएको बताए । यो खवर कारोवार दैनिकमा छापिएको छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय