मलेसियामा एक नेपालीमाथि आक्रमण

काठमाडौं – मलेसियाको पेनाङ्ग स्थित युनिभर्सल सेक्युरिटी कम्पनिमा कार्यरत नेपाली कामदार कुमार तामाङ्ग अज्ञात समुहको आक्रमणबाट घाईते भएका छन् । सेक्युरिटी गार्ड हाउसमा ड्युटीमै रहेका बेला अज्ञात समुहले आक्रमण गरि उनलाई घाईते बनाएको हो । उनको ढाड र टाउकोमा गहिरो चोट लागेको सोही कम्पनिमा काम गर्ने बर्दियाका विष्णुप्रसाद रिजालले जानकारी दिएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । करिब १० बर्षदेखि मलेसियामा रहेका तामाङ्गको घर दोलखा हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय