पैसाको लोभ देखाइ बन्ध्याकरण गराइएकी महिलाको मृत्यु

रायपुर, छत्तिसगढको बिलासपुरमा सञ्चालन गरिएको बन्ध्याकरण क्याम्पमा ज्यान गुमाएकी एक महिलाका पतिले स्वास्थ्यकर्मीहरुले जवर्जस्ती उनकी श्रीमतिको शल्यकृया गरिदिएको आरोप लगाएका छन् । स्वास्थ्यकर्मीले बन्ध्याकरणका लागि रकमको प्रलोभन समेत दिएको उनको भनाइ छ ।

बन्ध्याकरणपछि मृत्यु भएकी चैतदेवीका पति बुद्धु सिंहले स्वास्थ्यर्कीले ठूलो रकम र थुप्रै औषधीहरु निःशुल्क दिने प्रलोभन दिएको दावी गरेका छन् । तर बन्ध्याकरणपछि उनीहरुलाई केवल ४० रुपैंयाँ दिएको र बाँकी रकम आउनजान खर्च भएको क्याम्प सञ्चालकहरुले बताएका थिए ।

बुद्धु सिंहका अनुसार सो क्याम्पमा १८ जना बैगा जातिका महिलाको बन्ध्याकरण गरिएको थियो । तर सरकारी अधिकारीहरुले भनें त्यहाँ दुईजनाको मात्र बन्ध्याकरण गरिएको खवर आएको बताएका थिए । सन् १९७० मा जारी आदेश अनुसार भारतमा बैगा जातिका महिलाको बन्ध्याकरण गर्न पाइन्न । यो जातिमा मृत्यूदर धेरै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय