नेपाल तथा कतारका कलाकार बीच घम्साघम्सी दोहोरी हुने

रवि रोषी, दोहा- बाग्लुङ सेवा समाज दोहा कतारले पहिलो पटक कतारमा घम्साघम्सी दोहोरी कार्यक्रमको आयोजना गर्ने भएको छ । सो कार्यक्रममा नेपालबाट स्वर, सुर र रुपाली दोहोरी गायिका ज्योति लोहनी तथा लक्ष्मी ढकाल आउने भएका छन् । साथमा राष्ट्रिय लोक दोहोरी गायिका तथा उद्घोषिका देविका केसी गुरुङको पनि विभिन्न प्रस्तुती रहने भएको छ ।

नेपालका राष्ट्रिय लोक दोहोरी गायिकाहरुसंग कतारका जानेमानेका लोक दोहोरी गायकहरुले घम्साघम्सी दोहोरी गाएर नेपाली दर्शकहरुलाई मनोरञ्जन दिने भएका छन् ।

कतारका लोक दोहोरी गायक ध्रुव विसी, जीतमान विसी, शरद पाण्डे, वामदेव भाट र मधुसुदन डांगीले ज्योति लोहनी, लक्ष्मी ढकाल र देविका केसी गुरुङसँग घम्साघम्सी दोहोरी जमाउने भएका हुन् । बाग्लुङ जिल्लामा रहेको जनप्रेम बाल विकास केन्द्रको भवन निर्माणका लागि सहयोग जुटाउन सो कार्यक्रमको आयोजना गर्न लागिएको बाग्लुङ सेवा समाजका अध्यक्ष रमेश भट्टले जानकारी दिनुभयो ।

सो घम्साघम्सी दोहोरी कार्यक्रम कतारको क्वालिटी हाइपर मार्केट (सल्वारोड) मा नोभेम्बर २७ को बिहीवार साँझ ७ बजेबाट हुनेछ । सो घम्साघम्सी दोहोरी साँझ २०१४ का सहयोगी संस्थाहरुमा नेपाली प्रवासी युवा सेवा समाज, पर्वत सेवा समाज, गुल्मी सेवा समाज तथा म्याग्दी सेवा समाज रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय