मलेसियाको सेक्युरिटी गार्डमा सेवा शुल्क झन् महंगो

काठमाडौं – मलेसियाको सेक्युरिटी गार्डमा सामान्य सेवाशुल्क लिएर कामदार पठाउने सरकारी योजना विफल भएको छ । मलेसियाले सेक्युरिटी गार्डमा नेपालबाट मात्र कामदार लिने गरेपनि सेवाशुलक झन् महँगो छ ।

सरकारले म्यानपावर कम्पनीले मलेसियाका लागि सेक्युरिटी गार्डबाहेक अन्उ रोजगार क्षेत्रमा ८० हजार रुपैंयाँ लिन पाउने प्रावधान राखेको छ । तर, मलेसियाको सेक्युरिटी गार्डमा भने यसको ठीक आधा ४० हजार रुपैंयाँ मात्र म्यानपावर कम्पनीले लिन पाउँदछन् । श्रम मन्त्रालयको प्रवक्ता बुद्धिबहादुर खड्काले मलेसियाको सेक्युरिटी गार्डलाई सरकारले फ्री भिसाको समुहमा राखेर योजना कार्यान्वयन गरिरहेको बताए । म्यानपावर कम्पनीले फ्री भिसामा हवाइटिकटको पैसा लिन पाउँदैनन् उनले भने यसमा हवाइटिकटको पैसा लिएको पाइएमा कारवाही हुन्छ ।

मलेसियाको सेक्युरिटी गार्डमा वार्षिक ४० हजार नेपाली कामदार जाने अनुमान गरिएको छ । सेक्युरिटी गार्डमा गएकाले मासिक ४० देखि ६० हजार रुपैंयाँ कमाउँछन् । मलेसियाको सेक्युरिटी गार्डका लागि नेपाली म्यानपावर कम्पनीले प्रतिकामदार ३ हजार देखि ३ हजार ५ सय मलेसियन रिंगिट( ९० हजार देखि १ लाख १९ हजार नेपाली रुपैंयाँ) कमिसन मलेसियाका एजेण्टलाई दिन थालेका छन् । यहि कारण नेपालका म्यानपावर कम्पनीहरुले नेपाली कामदारसँग १ लाख ५० हजारदेखि २ लाखसम्म असुलिरहेका छन् ।

नेपालले मात्र पाइरहेको सेक्युरिटी गार्डको काममा पठाउँदा यति धेरै रकम मलेसिया जाने कामदारसँग म्यानपावर कम्पनीहरुले असुलिरहँदा समेत बैदेशिक रोजगार विभागले कारवाहीको नाममा सिन्को भाँचेको छैन ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले मलेसियामा ४० हजार भन्दा कम सेवा शुल्कमा कामदार पठाउन नसक्नु सरकारी कमजोरी भएको बताए । गलत काम गर्ने व्यवसायीले आर्थिक प्रलोभन दिए भन्दैमा विभागले सहजै श्रम स्वीकृति दिनु भएन उनले भने । मलेसियामा सेक्युरिटी गार्डमा जाने कामदार ठगिने क्रम अझ बढेको उनको भनाइ छ ।

विभागले भनें अन्तिम श्रम स्वीकृति दिने काममा आर्थिक चलखेल नभएको बताएको छ । विभागका शाखा अधिकृत उपेन्द्र न्यौपानेले मलेसियाको सेक्युरिटी गार्र्डमा श्रम स्वीकृति दिंदा उच्च सतर्कता अपनाउन थालिएको जिकिर गरे ।

यो समाचार नयाँ पत्रिका दैनिकमा सुभाष न्यौपानेले लेखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: