एकनारायणको ‘नयाँ नेपाल’ (भिडियाेसहित)

काठमाडौं, ३० कार्तिक– एकनारायण भण्डारीको शब्द, संगीतमा रहेको ‘नया नेपाल’ नामक गीति एल्बम विमोचन भएको छ ।

नेपाली कला डट कमले गरेको एक कार्यक्रममा गीति एल्बम ‘नया नेपाल’ विमोचन गरिएको हो । एल्बमलाई एकीकृत नेकपा माओवादीका नेता देबेन्द्र पौडेल, लोकगायक नारायण रायमाझी, संगीतकार लक्ष्मण शेष, नेपाली कलाका सम्पादक सूर्यकुमार क्षेत्री लगायतका स्रष्टाले विमोचन गरेका हुन् ।

विमोचनपछि बोल्दै एकीकृत नेकपा माओवादीका नेता पौडेलले बाहिरी संस्कृतिको प्रभाव कम हुदै नेपाली लोकसंस्कृतिको प्रभाव विस्तार भएकोमा खुशी ब्यक्त गरे । पौडेलले युवाहरुका कारण नेपाली लोकसंस्कृति फस्टाएको दाबी गर्दै नया नेपाल एल्बमा समाबेश गीतले आफैंले केही गरेर देखाउन सबैलाई सकारत्मक सन्देश दिएको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेतालाई गाली गर्ने परम्परलाई नया नेपाल एल्बममा समाबेश गीतले केही हदसम्म कम गर्ने विश्वास ब्यक्त गरेका थिए ।

गायक याम क्षेत्री र गायिका देवी घर्तीको आवाजमा स्वरबद्ध गीतको विमोचन समारोहमा भिडियोसमेत सार्वजनिक गरिएको थियो । गायक याम क्षेत्रीले यो गीतबाट आफूले छुट्टै पहिचान बनाउन सक्ने विश्वास गरेका छन् ।

भिडियाे हेर्नुहाेस् ।

https://www.youtube.com/watch?v=IoZeJYk_reU

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय