कोरियामा नेपाली महिला कामदारको माग न्युन

सोल, ३० कार्तिक– रोजगारीका लागि गत साता १ सय ३६ जना नेपाली युवा दक्षिण कोरिया आए ईपीएसबाट आएका उनीहरुमध्ये महिलाको संख्या ४ मात्र थियो । त्यसै साता कोरियाली रोजगारदाता र २ सय १३ नेपाली कामदारबिच द्विपक्षीय श्रम सम्झौता भयो । श्रम सम्झौता गर्नेमध्ये पुरुष २ सय ८ रहेका छन् । महिलाको संख्या ५ मात्र छ ।

माथिका उदाहरणमात्र हैन नेपालमा ईपीएस लागु भएयताकै तथ्यांकमा कोरियामा नेपाली महिला कामदारको प्रबेश न्युन रहँदै आएको छ । सन् २००८ देखि नेपाली कामदार कोरिया आउन थालेका हुन् । २००८ मा २ हजार ८ सय १४ कामदार कोरिया छिरेपनि महिलाको संख्या ८१ मात्रै थियो । त्यस्तै, सन् २००९ मा १ हजार ९ सय ११ मध्ये ६४ महिला थिए । २०१० मा भने ४ सय १७ महिला यहाँ आएका थिए । यो संख्या हालसम्मकै धेरै हो ।

ईपीएस शाखा नेपालको तथ्यांक अनुसार २०११ मा ३ हजार ९ सय ८३ मध्ये १ सय ३७ महिला कोरिया आएका थिए । २०१२ मा ३ सय ९५ महिला कोरिया आएका थिए ।कोरियामा नेपाली कामदारको संख्या २९ हजार नाघेको छ । औसतमा नेपाली महिला कामदारको संख्या ६ प्रतिशत रहेको छ ।

महिलाको माग न्युन भएपछि सोलस्थित नेपाली राजदुतावासका अधिकारीहरुले यहाँको सरकारसँग कोटा बढाईदिन आग्रह गर्दै आएका छन् । दुई देशको सरकारी स्तरमा भएको बैठक र वार्ताहरुमा महिला कामदारको कोटा बढाईदिन आग्रह गर्दै आएको सोलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गूरुङले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: