
गितामणि पाण्डे, दुवई -युएईको दुवईमा नेपालीले आउटलेट मलको पछाडी सरसफाई गरेका छन् । दुवई नगरपालिका(म्यूनिसिपालिटी दुवई) को अनुरोधमा दुवईमा रहेका संघसंस्थाले सरसफाइ गरेका हुन् ।
नगरपालिकाले लुम्बिनी वेल फेयर सोसाइटी, युएईलार्इ सहभागिता जनाउन पत्र पठाएको थियो । युएईमा रहेका नेपाली संघ सस्थाहरुलार्इ कार्यक्रममा सहभागि भइदिन नगरपालिकाका तर्फबाट आग्रह गरिएको थियो ।
सोही आग्रह बमोजिम लुम्बिनी वेल फेयर सोसाइटी, युएई, पाल्पाली सेवा समाज युएई, रुपन्देही सेवा समाज युएई, कपिलबस्तु समाज, युएई चितवन सेवा समिति, अर्घाकांची सम्पर्क समति, युएई, प्रवासी सम्पर्क मञ्च यूएई, नवल परासी समाज युएईमा आवद्ध ८५ जना नेपाली सरसफाइ कार्यक्रममा सहभागि भएका थिए ।