
काठमाडौं- भारतको नदापुरमा एक साढे चार वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरिएको छ । स्थानीय एक बोर्डिङमा एलकेजीमा अध्ययनरत ति बालिकालाई विद्यालयकै माथिल्लो कक्षामा पढ्ने किशोरले यौन दुव्र्यवहार गरेको उजुरी प्रहरीमा परेको छ ।
विद्यालय प्रशासनले घटना सार्वजनिक नगर्न आर्थिक प्रलोभन देखिएको बालिकाका अभिभावकले बताएका छन् । प्रहरीले स्वास्थ्य जाँचमा ति बालिकालाई यौन दुव्र्यवहार गरेको पुष्टि भएको बताएको छ । प्रहरीले बलात्कारको अभियोगमा केहि किशोरलाई पक्रेको छ ।
यसैगरी जवाहरलाल नेहरु विश्वविद्यालयमा पिएचडी गरिरहेकी एक छात्राले अनुसन्धानका एक विद्यार्थीले आफुलाई विवाह गर्ने आश्वासनमा यौन शोषण गरेको अभियोग लगाएकी छन् । प्रहरीले ति युवतिलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लगेको छ । यसअघि पनि ति युवतीले स्थानीय प्रहरी कार्यालयमा उजुरी गरेको भएपनि युवक र उनको परिवारले विवाह गर्ने शर्तमा घटना मिलाउँदै आएका थिए ।
एजेन्सी