गाउँमै छन् अवशरहरु

सुब्रत न्यौपाने, झापा- सधैंको बनिबुतो र मेलापात । झापा सतासीधाम–६ की देवी दाहालको जीवनमा यी शब्द कुनै बेला पर्याय जस्तै थिए । सधैं दुःख गर्दा पनि कहिल्यै नुनभुटुन खान नपुग्ने । ‘लुटी ल्यायो भुटी खायो’ भन्ने उखान जस्तै थियो उनको जिन्दगी । तर अहिले समयले कोल्टो फेरेको छ । अनि फेरिएकी छन्, ४३ वर्षीया देवी दाहाल । ‘म त फेरिएँ नै, मेरा सपनाहरु पनि फेरिएका छन्’, एउटा भेटमा दाहालले भनिन् ‘यसको एउटै कारण हो, मैले थालेको मौरीपालन ।’ हो, अहिले त्यही पेशाले उनलाई एउटा सफल उद्यमीका रुपमा स्थापित गराएको छ । एसएलसीसम्म अध्ययन गरेकी दाहाल इच्छाशक्ति भए घर गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् । मौरीपालन व्यवसायबाटै उनको घर खर्च चलेको छ । हुन त उनका श्रीमान् तीर्थराज पनि बेरोजगार छैनन् । तर मासिक रुपमा हुने उनको कमाईले परिवारको सामान्य गर्जाेसम्म टर्दैन । २०५० सालदेखि यातायातको बुकिङ काउन्टरमा काम गरेका तीर्थराजको तलव अहिले बल्ल चार हजार छ सय पुगेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय