विदेशमा बस्नेहरुद्धारा सानो घरलाई सहयोग

रवि रोषी, दोहा- चितवनको टाँडीमा रहेको सानो घरको लागि मुलुक बाहिरका नेपालीहरुबाट संकलित रकम पठाईएको छ । सानोघरमा रहेका अनाथ तथा सुस्त मनस्थितीका बालबालिकाहरुको लागि कतारबाट ईश्वर काफ्लेको पहलमा ३ लाख १० हजार ५ सय, जय न्यौपाने, राम वान्तवा र अन्यको पहलमा ५६ हजार ४ सय संकलन भएको छ ।

यसैगरी हंगकंगबाट सुरुचि सुनुवार र विन्दा राईको पहलमा ४९ हजार १ सय २०, मलेशियाबाट राजकुमार सुनुवार र संजीव राईको पहलबाट ३० हजार ५ सय ९८ गरी कुल ४ लाख ४६ हजार ६ सय १८ रुपैंयाँ संकलन भएको अभियानकर्ता किशोर सुनुवारले बताए ।

कतार लगायत विभिन्न देशमा रहेका सहयोगदाता तथा अभियानकर्तालाई धन्यवाद दिँदै सुनुवारले आफ्नो अभियान अन्तर्गतको सहयोग संकलन कार्य बन्द भएको पनि जानकारी दिएका छन् ।

सानो घरमा अभिभावक गुमाएका ९ जना र सुस्त मनस्थीतिका १२ जना बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको काम भइरहेको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय