‘म्यानपावरले भुक्तानी बैकिङ प्रणालीबाट लिनु’

काठमाडौं, २४ कार्तिक– वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले लिने रकम बैकिङ प्रणालीमार्फत लिन संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।

आइतबार बसेको समिति बैठकमा सभाषद्हरुले वैदेशिक रोजगारीको क्रममा व्यबसायीले तोकिएभन्दा बढी लिने र लिएको रकमको रसिद नदिने गरेको गुनासो आएको जानकारी गराएपछि बैकिङ प्रणालीमार्फत कारोबार गर्न निर्देशन दिने निर्णय गरेको हो ।

वैदेशिक रोजगार व्यबसायीले खटाउने ‘एजेन्ट’को अनुमतिपत्र बनाई सोको विवरण समितिमा पठाउन पनि समितिले वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । यस क्षेत्रमा बढ्दो ठगी नियन्त्रण गर्न, ठगीको उजुरी दिनेलाई प्रोत्साहन दिन र ती उजुरीका छिटो छानबिन गरि प्रगती विवरण नियमित रुपमा समितिलाई उपलब्ध गराउन समेत बैठकले विभागलाइ निर्देशन दिएको सभापति प्रभु साहले जानकारी दिए ।

सबै वैदेशिक रोजगार कम्पनीको इजाजत पत्र सम्बन्धी कागजपत्र, उनीहरुका एजेन्ट, शाखा, उनीहरुले पठाएको कामदारको विवरण, कामदारसँग लिएको रकमको रसिद लगायत विवरण विभागले लिई सो विवरणको प्रती समितिलाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।

यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय