होलोग्रामसम्बन्धी अध्ययन गर्न श्रमको निर्देशन

काठमाडौं, २४ कार्तिक– श्रम तथा रोजगार मन्त्रालयले विदेशिने कामदारको स्वास्थ्य परीक्षण प्रतिवेदनमा टाँस्ने होलोग्राम स्टिकर आवश्यक पर्ने/नपर्ने सम्बन्धि अध्ययन गरि सुझाब दिन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र वैदेशिक रोजगार मेडीकल एशोसियसनबिच होलोग्रामसम्बन्धी स्टिकरमा विवाद भएपछि सरकारले समस्या समाधान गर्नेतर्फ अग्रसर हुन निर्देशन दिएको हो । श्रम मन्त्रालयका प्रबक्ता बुद्धिबहादुर खड्काले सचिवस्तरीय निर्णयबाट बिभागलाई होलोग्राम स्टिकर नविकरण गर्ने/नगर्नेसम्बन्धमा सुझाव दिन निर्देशन दिइसकेको जानकारी दिए । चालु आर्थिक बर्षको असोजसम्म होलोग्राम स्टिकर नविकरण गर्नुपर्ने कानुनी व्यबस्था छ । तर, अहिलेसम्म नविकरण गर्ने/नगर्ने भन्नेमा मन्त्रालय निर्णयमा पुग्न सकेको छैन । महासंघले होलोग्राम स्टिकरबापत ५ सय रुपैंया कामदारसँग लिने गर्छ । महासंघले होलोग्रामबाट लिएको रकममध्ये ३ सय स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गर्छ । विदेशबाट स्वास्थ्य परीक्षणका कारण कामदार फर्के महासंघले ४० हजार रुपैंयासम्म क्षतीपुर्ति दिन्छ, बाँकी रकम स्वास्थ्य संस्थाले दिन्छ । महासंघको मुख्य आम्दानीको रुपमा होलोग्राम स्टिकर रहँदै आएको छ । स्टिकरबाटै बार्षिक १०/१२ करोड रुपैंया जम्मा हुने देखिन्छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय