
कुमार अविरल पन्थी, कतार- गुल्मी सेवा समाज कतारले गुल्मी अग्लुङ्गका पहिरो पिडितलाई आर्थिक सहयोग गर्ने भएको छ । संस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा बसेको गुल्मी सेवा समाज कतारको सातौं नियमित बैठकले पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । दिपावलीको अवसरमा आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट सङ्कलित रकम अग्लुङ्गका पहिरो पिडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । बैठकमा बोल्दै अध्यक्ष खड्काले प्रवासमा भईपरि आउने समस्याहरुको केहि हद सम्म समाधानका लागि बिभिन्न संघ संस्था खोलिएका र त्यसले समस्याको समाधानमा धेरै सहयोग पुग्ने बताउनु भयो । रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहेका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजमा आवद्ध हुन पनि उहाँले आग्रह गर्नुभयो ।