जुट उद्योगका पाँच हजार मजदुर बेरोजगार

काठमाडौं, २३ कार्तिक– सरकारको परिवर्तित नीतिका कारण पूर्वका जुट उद्योगहरु संकटमा पर्दा पाँच हजार मजदुर बेरोजगार बनेका छन् । कृषिमा आधारित वातावरणमैत्री जुटको निकासीबाट बार्षिक पाँच अर्ब रुपैंयाबराबरको योगदान सरकारलाई दिंदै आएका उद्योग साउन महिनायता सञ्चालन गर्न कठिनाई हुँदै गएको उद्योगीले गुनासो गरेका छन् । मोरङको कटहरी क्षेत्रमा रहेका चार उद्योग बन्द भएका छन् । नरेश राठीको गुहेश्वरी, नन्दकिशोर राठीको सीएम, देवेनरा मुन्दडा ग्रुपको बाबा जुट र त्रिभुवनमान सिंह श्रेष्ठको निक्की जुट बन्द भएका छन् । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाका अनुसार चालु आर्थिक वर्षमा सरकारले जुट उद्योगलाई दिंदै आएको विद्युत् सहुलियतको व्यबस्था कटौती गरेको छ । जुट उद्योग बन्दको प्रभाव नेपालको बाह्य व्यापारखमा पनि देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो बर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशत वृद्धिको विपरित चालु आर्थिक बर्षको प्रथम दुई महिनामा ७.६ प्रतिशतले घटेको छ । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय