म्यानपावर र अभिमुखिकरण दर्ता खुलेन

काठमाडौं, २३ कार्तिक– श्रम तथा रोजगार मन्त्रालयले ३ बर्षदेखी म्यानपावरको काम गर्ने कम्पनी र एक बर्षदेखी अभिमुखिकरणको तालिम दिने कम्पनी खोल्न रोक लगाएको छ । प्रधानमन्त्रि कार्यालयले ०६८ कार्तिकमा कामदारलाई ठगीमुक्त गर्नेगरि म्यानपावर व्यबसाय व्यबस्थित नबनाएसम्म नयाँ दर्ता अनुमती रोक लगाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको थियो । सोहीअनुरुप तीन बर्षदेखी नयाँ व्यबसाय दर्ता बन्द छ । ३ बर्षअघिदेखि पुर्वाधार तथा सम्पुर्ण दर्ता प्रक्रिया पुरा गरिसकेका म्यानपावर एजेन्सिले भाडा बापतमात्रै लाखौं रुपैंया खर्च गरिसकेका छन् । सर्वोच्च अदालतले दुई बर्षअघि श्रम मन्त्रालयलाई नयाँ म्यानपावर दर्ता खोल्न आदेश दिएपनि अझै सरकारले प्रक्रिया अघि बढाएको छैन । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय