क्रिएटिभ ग्रुप कतार छैठौ वर्षमा

कतार । क्रिएटिभ ग्रुप बचत तथा ऋण परियोजना कतारले पाँच वर्ष पुरा गरेको अवशरमा कतारको सनैयामा आफ्नो वार्षिकोत्सव मनाएको छ । क्रियटिभ ग्रुप नेपालको विभिन्न भूमागमा जन्मिएर कतारलाई कर्मथालो बनाएका युवाहरुले सन् २००९ मा स्थापना गरेको समुह हो ।

वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार संयोजक गुरुनारायण रानाभाटले नेपालीले प्रवासमा बनाएका यस्ता समुहले प्रशंसायोग्य काम गरिरहेको बताउनुभयो । उहाँले रोजगारीको सिलसिलामा विदेशमा रहँदा बचतको अभ्यासले स्वदेश फर्किएपछि लाभ मिल्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा सञ्चालित कार्यक्रमका वक्ताहरुले संस्थाको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा सिटी एक्सचेञ्ज कतारका प्रतिनिधि देवराज थापा र नारायणसिंह गुरुङ, समाजसेवी हुमाकान्त पोखरेल, स्याङ्जा सेवा समाजका अध्यक्ष रामु बस्याल, व्यवसायी तथा समाजसेवी यम केसी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा संस्थाका सचिव जीवन सुनुवारले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अवसरको खोजिमा कतार प्रवेश गरेका नेपालीहरु विभिन्न संघ संस्था हुँदै सामाजिक अभियानमा लाग्दै गर्दा जुटेका अवसरलाई त्यतिकै सदुपयोग गर्दै भविष्य सुनिश्चितताको निम्ति व्यवसाय नै महत्वपूर्ण पाटो हुने भन्दै सो ग्रुप सन् २००९ मा स्थापना गरिएको हो । १८ जना युवाहरुको समूहले एक सय रियालबाट सुरु गरेको सो अभियानमा हाल ५३ जना सदस्य छन् ।

संस्थाले बचतको रकमबाट हुने मुनाफाको २० प्रतिशत सामाजिक सेवा अभियानमा खर्च गर्ने नियम बनाइएको छ । सो अनुरुप सामुदायिक सेवाका योजना सञ्चालन गर्न संस्थाका अध्यक्ष टुकराज अर्यालको संयोजकत्वमा नौ सदस्य रहेको सचिवालय समिति बनाइएको छ । सो समितिको सदस्य सचिवमा सुमन तमौट र सदस्यहरुमा राजु भट्टराई, सञ्जय रोक्का, भिम सुनार तथा चिरञ्जीवि तिम्सिना रहेका छन् ।

Creative 2

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय