
मनाेज अर्याल, युएई, २२ कार्तिक– अनाथ बिद्यार्थीलाई सहयोग गर्न चितवन समाज युएईले आउने नयाँ बर्ष २०१५ को उपलक्ष्यमा साँस्कृतिक साँझ मनाउने निर्णय गरेको छ ।
चितवनबाट रोजगारीको सन्दर्भमा युएई पुगेका नेपालीहरुको संगठन चितवन समाजले विगत बर्षहरुमा जस्तै यो बर्ष पनि साँस्कृतिक कार्यक्रम गर्न लागेको आयोजक मध्येका एक मित्र पाण्डेले बताए । ‘चितवन समाज युएई २०१५ को साथ अनाथ तथा जेहेन्दारलाई’ भन्ने नाराका साथ बरदुबईको ईम्पेरीयल सुइटमा २६ डिसेम्बरका दिन कार्यक्रम गरिने उनले जानकारी दिए ।
कार्यक्रमका लागि नेपालबाट कलाकारहरु पप गायक कमल खत्री, बेल्ली डान्सर प्रमीला खनाल र लोक गायक रमेश रानामगर आईपुग्ने गणेश न्यौपानेले बताए । नेपाली कलाकारलाई यहाँ रहेका अरु कलाकारको साथ रहने उनको भनाई छ ।