कुवेतका नेपालीलाई दिपक लिम्बुले नचाए

कुवेत, २२ कार्तिक– किराँत याक्थुङ चुम्लुङको आयोजनामा कुवेतमा भएको साँस्कृतिक कार्यक्रममा गायक दिपक लिम्बुले यहाँका नेपालीलाई नचाएका छन् ।

किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको कार्यक्रममा लिम्बुले मैले त्यहि भएर मन पराएको, सिम्पल सिम्पल कान्छिको डिम्पल डिम्पल गाला, मुटु माग्यौ तिमिले सहितका गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । जीलिपको वेडिङ हलमा भएको कार्यक्रममा गायीका सहिमा श्रेष्ठले मस्ति मस्ति, नाचौं नाचौं बोलको गीत गाएकी थिईन् ।

साँस्कृतिक कार्यक्रममा यहाँ भएका नेपालीको पनि प्रस्तुती थियो । किराँत राई यायोख्खा, नेपाल तामाङ घेदुङ संघ, नेपाल कुवेत साँस्कृतिक मञ्च, लालीगुराँस साँस्कृतिक परिवार सहितका एक दर्जन कलाकार समुहको प्रस्तुती रहेको थियो । यो कार्यक्रमले परदेशमा भएका नेपालीलाई भरपुर मनोरञ्जन प्राप्त भएको अध्यक्ष शिब लिम्बुले बताए । कार्यक्रमलाई माधब शर्मा र राम लिम्बुले सञ्चालन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय