काठमाडौं, २१ कार्तिक– रोजगार अनुमती प्रणली (ईपीएस) मार्फत दक्षिण कोरियामा कार्यरत नेपाली कामदारमध्ये ३.७ प्रतिशत अझै अवैध ढंगबाट बसिरहेका छन् । करार अवधी सकिएपनि ती कामदारले कोरियामा लुकिछिपी काम गर्दै आएको ईपीएस कोरिया सेन्टरले जनाएको छ ।
बिहीबार पत्रकार भेटघाट कार्यक्रममा ईपीएस कोरिया सेन्टरका निर्देशक लि दोङ सिर्कले अवैध नेपाली कामदारको संख्या १५ मुलुकमध्ये नेपालको कम रहेको बताए । ‘कोरियामा हाल कार्यरत २० हजार ६ सय ४४ मध्ये ७ सय २३ अवैध नेपाली कामदार छन् ,’ उनले भने, ‘ती कामदार घटाउन सके अझै नेपाली कोटा बढ्न सक्छ । यसमा नेपाल सरकार पनि लागिपरेको छ ।’ भियतनामका कामदार अवैध ढंगबाट बसेकै कारण कोरियाले त्यहाँका कामदार लिन बन्द गरेको छ ।
यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।