कतारमा लोकगायक बस्याल सम्मानित

घनश्याम पराजुली, दोहा- लोक गायक बुद्धीसागर बस्याललाई कतारमा सम्मान गरिएको छ । स्याङ्गजाका स्थायी बासिन्दा बस्याललाई स्याङ्गजा सहयोग समाज नवप्रतिभा साँस्कृतिक विभागले सम्मान गरेको हो ।

१० बर्ष देखि साँगितिक क्षेत्रमा कृयाशिल गायक बस्यालले नेपालको संस्कृतिको विकासमा पुर्याएको योगदानको कदर गर्दै खादा र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्याङ्गजा सहयोग समाजका अध्यक्ष रामु बस्यालले गायक बस्यालले नेपालको संस्कृतीको जगेर्ना गर्न सक्दो काम गरेको बताए ।

गायक बस्यालले कतारमा स्याङ्गजावासीहरुसँग भेट्न पाएकोमा खुसी प्रकट गरे । उनले आफ्ना चलेका लोकगितहरु डाफे नाचेर फूल कहाँ फुल्छ र हाँगै भाचेर, बाजेका पालमा मोहोर पाथी सुन, छमछम पाउजुले जस्ता गीत गाएर कार्यक्रममा आएकाहरुलाई नचाएका थिए । यसैगरी उनले छोरा नाती कनकन गर्छन, बुहारीले आँखा तर्छन बुढेसकालैमा गीत समेत गाएर सुनाए ।

स्याङ्गजाको मालुङ्गामा जन्मेका उनी हाल क्यानडामा बस्दै आएका छन । क्यानडा बसेपनि नेपालको सम्झनाले सताईरहने उनले बताए । ३० लाख प्रवासी नेपालीको बेदनालाई समेटेर लाहुरे नामक एल्बमको तयारी गरिरहेको गायक बस्यालले बताए ।

सानैदेखि संगितमा रुची राख्ने उनले गाउँमा सारङ्गी बजाउँदा बाहुनको छोराले सारङ्गी बजायो भनेर बाबाआमाले खानै छोडेको स्मरण समेत गरे । सारङ्गी बजाएकै भएर उनलाई स्याङ्गजाबाट पढ्न भनी पाल्पा पठाईएको थियो ।

अहिलेको अवस्था सहज रहेको भन्दै नवप्रतिभा साँस्कृतिक विभागबाट एल्वम निकाल्न चाहने साथीहरुलाई सहयोग गर्ने उनले बताए । गायक बस्याल गत शुक्रबार सम्पन्न नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरु विचको मैत्रीपूर्ण खेलमा हौसला प्रदान गर्न आयोजना गरिएको साँस्कृतिक कार्यक्रमका लागि कतार आएका हुन ।

गायिका रमा अर्यालको हिमाल तातो भयो रे, देश रोएको गीत गाउँ कसरी बोलको गीत गाईन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय