जोर्डनमा काम गर्ने दुई महिलाको तलब चोरी
लक्ष्मि आचार्य । रेनु बगान

रुकुम सितोली, जोर्डन, २० कार्तिक– जोर्डनको स्टर्लीङ अप्रीयल कम्पनीमा काम गर्ने दुई नेपाली महिलाको एक/एक महिनाको तलब चोरी भएको छ । चितवनकी लक्ष्मि आचार्य र नुवाकोटकी रेनु बगानको ४१ हजार नेपाली रुपैंया आफ्नै कोठाबाट हराएको हो ।

तलब बुझेर कोठामा पैसा राखि क्यान्टिनमा खाना खान जाँदा पैसा हराएको उनीहरुले बताएका छन् । उनीहरुले काम गर्ने कम्पनीमा दुई सय नेपाली महिलाले काम गर्छन् । पैसा आफ्नै सहकर्मीबाट चोरी भएको हुनसक्ने उनीहरुले शंका व्यक्त गरेका छन् । पैसा हराएको बिषयमा कम्पनीका ‘ग्रुप लीडर’लाई खबर गरिएको लक्ष्मिले बताईन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय