फर्केका कामदार प्राथमिकतामा

मोहन गुरुङ, काठमाडौं, २० कार्तिक– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत ३ बर्षभन्दा बढी काम गरेर फर्केका नेपाली कामदारलाई दक्षिण कोरियाले पुनः प्राथमिकता दिन थालेको छ । अवैध नेपाली कामदार रोक्ने औजारका रुपमा कोरियाले पुराना कामदारलाई प्राथमिकता दिएको हो । ३ बर्षभन्दा बढी काम गरि कोरियाबाट फर्केका नेपाली कामदारले पुनः कोरिया जान बर्षमा ४ पटकसम्म कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) दिने गरेको ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिए । ‘अनुपातका आधारमा पहिलोपटक कोरिया जान लिईने परीक्षाभन्दा सीबीटी परीक्षामा बढी युवा उत्तिर्ण हुन्छन् ।’ उनले भने ‘सीबीटीमा उत्तिर्ण हुने ९५ प्रतिशतभन्दा बढी कोरिया जान पाउँछन् । सीबीटी परीक्षा सुरु भएपछि कामदार पुनः कोरिया जान पाउने भएकाले अवैध ढंगबाट बस्ने नेपाली कामदार पनि घट्दै गएको शाखाले जनाएको छ । ‘भदौमा भएको सीबीटीमा ६ सय ४ युवा सहभागी भएकोमा ४ सय ३४ जनाले उत्तिर्ण गरेका थिए,’ प्रमुख बास्तोलाले भने, ‘अब पुसमै सीबीटी परीक्षा गर्न सुचना प्रकाशित गरिएको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय