नक्कली श्रम स्टिकर प्रयोग गरी विदेश जान खोज्ने महिला पक्राउ

काठमाडौं, कात्तिक १९- नक्कली श्रम स्टिकर टाँसेर विदेश जान खोज्ने एक महिला एयरपोर्टबाट पक्राउ परेकी छन् । कास्कीकी ४० बर्षिया दिलमाया बिकलाई स्टिकर नक्कली भएको आशंकामा एयरपोर्टमा सोधपुछ गर्दा उनको पासपोर्टमा टाँसिएको स्टिकर नक्कली भएको पत्ता लागेको थियो ।

पक्राउ परेकी उनलाई सरकारी छाप दस्तखत किर्ते मुद्धामा अनुसन्धान गरी कारवाही अघि बढाउन महानगरिय प्रहरी परिसर, हनुमानढोकामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

कास्की लेखनाथ नगरपालिका १ की बिकले आफू यसअघि भारतको दिल्ली हुँदै दुवई गएर काम गरी विदामा नेपाल आएको र पुनः दुवई जान नेपालको बाटो प्रयोग गरेको बताएको प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय