राहदानीका लागि रातभर जाग्राम

बिराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङमा दिनमा सात सय भन्दा धेरै सेवाग्राहीको भीड लाग्छ । त्यसमध्ये अधिकांश राहदानी वा नागरिकता बनाउन आउनेहरु हुन्छन् । झण्डै दुईसयको हाराहारी राहदानीको आवेदन दिन आउनेहरु हुने गरेको जिल्ला प्रशासन कार्यालयको तथ्याँक छ । त्यहाँ घण्टौं लाइनमा लागेर फारम भर्नुपर्छ । त्यसरी फारम भरेको राहदानी हात पर्न महिनौं लाग्छ । कतिपयको त फारम हराउँछ र फेरी नयाँ फारम भर्नुपर्छ ।

राहदानी हराए वा च्यातिए, केरमेट भए दोव्वर दस्तुर तिर्नुपर्छ । “यस्ता खालका समस्या पनि निक्कै आउँछन्” जिल्ला प्रशासन कार्यालय, मोरङका शाखा अधिकृत राजनप्रसाद रेग्मिले बताए ।

राहदानीका लागि सामान्यतया तीन घण्टा लाइनमा बस्नुपर्ने हुन्छ । नागरिकता रुजु गर्नेदेखि फारम हेर्ने, राजस्व दाखिला गर्ने लगायतका काम गर्नुपर्ने भएका कारण ढिलो हुने गरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत रेग्मि बताउँछन् । १५ दिनमा एक लटको हिसावले आवेदन काठमाडौं पठाइने भएकाले सामान्यतया दुई महिना भित्रमा राहदानी आउने गरेको उनी बताउँछन् ।

कतिपय भनें फिर्ता आउने वा फारम हराउने समस्या समेत हुने गरेको छ । त्यसरी फारम हराएमा वा फिर्ता भएमा पुनः फारम भर्नुपर्ने हुन्छ ।

यो समस्या देशका अरु जिल्लामा पनि उस्तै छ । सिरहाकोे गम्हरिया मलहनिया १ का गणेशकुमार यादव राहदानीको निवदेन बुझाउन आइतवार राती २ बजे नै जिल्ला प्रशासन कार्यालय, सिरहाको मूल गेटमा बसेका थिए । कार्यालयको गेट बिहान ४ बजे खुलेपछि उनी राहदानी फाँटको गेटमा लाइन बसे । यति गरेपछि उनी सोही दिन निवेदन दर्ता गराउन सफल भए ।

यसअघि तीन पटकसम्म लाइनमा बसेर समेत निवेदन दर्ता गराउन नसकेपछि उनी राती नै लाइन बस्न आएका हुन् । सन्नैठा ५ का अनीलकुमार यादवले राहदानीकै लागि जिल्ला प्रशासन कार्यालयमा ४ रात बसेको खवर आजको कान्तिपुर दैनिकले लेखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: