मलेसियामा कामदार रोकेको हो की होइन : श्रम मन्त्रालय

काठमाडौं -श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई बायोमेट्रिक प्रणाली जडित मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण नगराएका कामदार रोकेको हो कि होइन भन्ने जानकारी मागेको छ ।

विभिन्न सञ्चार माध्यममा मलेसियाले बायोमेट्रिक प्रणाली जडित मेडिकलबाट स्वास्थ्य परीक्षण नगरेका कामदार रोकिएको भन्ने समाचार आएपछि श्रमले आइतबार मलेसियासँग त्यस्तो जानकारी माग्दै पत्र लेखेको छ ।

“ मलेसियाले बायोमेट्रिक प्रणालीबारे हाम्रो पत्रको जवाफ आजसम्म दिएको छैन र कामदार रोकिएको जानकारी पनि गराएको छैन” श्रम सचिव भोलाप्रसाद शिवाकोटीले भने “तर बायोमेट्रिक प्रणाली भएका मेडिकलबाट स्वास्थ्य परीक्षण नगराएका कामदार रोकिएको समाचार आयो । त्यस विषयमा मलेसियाले के गरेको हो भन्ने पत्र समाचारको फोटोकपिसहित परराष्ट्रमा पठाएका छौं ।”

परराष्ट्रले कामदार रोकिएका विषयमा मलेसियासँग जानकारी माग्नेछ । श्रम र परराष्ट्रका अधिकारीहरु बायोमेट्रिक प्रणालीबारे नेपालको स्वार्थ जोडिने बिषयमा मलेसियाले आफ्नो धारणा र नेपालको सर्तबारे जवाफ नदिए कामदार रोकेको भएमा त्यो असल कुटनीतिक व्यवहार नहुने बताउँछन् ।

यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: