वैदेशिक रोजगारीमा स्टिकर खारेज

काठमाडौं – वैदेशिक रोजगार मेडिकल एसोसिएसनले स्टिकर प्रणाली खारेज गरेको छ । स्टिकर वापत उठाइने रकमले नक्कली स्वास्थ्य परिक्षण प्रमाणपत्र बनाउन प्रोत्साहित गरेको तथा खुवाउने र मिलाउने काममा पैसाको दुरुपयोग भएको भन्दै एसोसिएनले स्टिकर प्रणाली खारेज गरेको हो ।

“स्टिकर प्रणालीबाट व्यापक विकृति आयो” एसेसिएनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने “स्टिकर बेचेर उठाएको रकमबाट मेडिकल फेल भएर विदेशबाट फर्किएका कामदारलाई क्षतिपूर्ति दिने चलनले मेडिकल व्यवसाय जिम्मेवार भएनन् । गुणस्तरिय मेडिकल रिपोर्टका लागि हामीले सार्वजनिक सूचना जारी गरेर स्टिकर प्रणाली खारेज गर्यौ ।”

श्रम तथा रोजगार मन्त्रालयको स्वीकृतिमा नेपाल स्वास्थ्य व्यवसायी महासंघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण प्रमाणपत्रमा स्टिरक टाँस्दै आएको छ । महासंघले स्टिकर बापत गैरकानूनी रुपमा प्रतिव्यक्ति २ सय रुपैंयाँ उठाउँदै आएको छ । उक्त रकम जम्मा गरी मेडिकल फेल भएर विदेशबाट फर्किएका कामदारलाई महासंघले प्रतिव्यक्ति ४० हजारका दरले क्षतिपूर्ति दिन्छ । महासंघले क्षतिपूर्ति तिरिदिने भएपछि अधिकांश मेडिकलले नक्कली स्वास्थ्य परिक्षण प्रमाणपत्र जारी गर्दै आएका छन् ।

“स्टिकरण प्रणाली खारेज भएपछि जसले स्वास्थ्य परिक्षण गरेको हो त्यही मेडिकलले मेडिकल फेल भएर विदेशबाट फर्केका कामदारलाई क्षतिपूर्ति तिर्नुपर्छ” अध्यक्ष श्रेष्ठले भने “आफैं क्षतिपूर्ति तिर्नुपर्ने भएपछि मेडिकल व्यवसायी जिम्मेवार बन्छन् र स्वास्थ्य परिक्षण गुणस्तरीय हुन्छ ।”

यसअघि मेडिकल एसोसिएसनले पनि स्वास्थ्य परीक्षण फेल भएर विदेशबाट फर्केका कामदारलाई प्रति व्यक्ति ३० हजार दिने गर्दथ्यो । महासंघले भनें रकम उठाएर पनि विदेशमा मेडिकल फेल भएर फर्केका १२ सय व्यक्तिलाई अझै क्षतिपूर्ति दिएको छैन । महासंघले स्टिकर जारी गर्ने मिति यहि कात्तिक मसान्तमा सकिंदैछ ।

थप अवधिका लागि अनुमति लिन महासंघले श्रम तथा रोजगार मन्त्रालयमा प्रयत्न गरिरहेको छ । पछिल्लो समयमा बायोमेट्रिक प्रणाली लागू गराउन ‘सेटिङ’ मिलाउन समेत त्यसरी नै उठाइएको रकम दुरुपयोग गरिएको आशंका गरिएको छ ।

यो खवर कान्तिपुर दैनिकबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय