दृष्टिविहीनले चलाउँदैछन् ४० लाखको उद्योग

पाल्पा- देशमा केहि शवसर नदेखेर दिनहुँ डेढ हजार युवा खाडीका मुलुक र मलेसिया गइरहँदा आँखा नदेख्ने केहि पौरखीले पाल्पामा ४० लाख लगानीको उद्योग चलाइरहेका छन् । पाल्पा सहित अन्य जिल्लाका ३० जना दृष्टिविहीन संगठित भई मदनपोखरामा घरेलु उद्योग स्थापना गरेर जीविका चलाइरहेका छन् ।

५ बर्ष अघि तालिम लिएका उनीहरुले बाँसको मुढा, डोको र कपडा झुण्ड्याउने ह्याँगर बनाउँछन् । साबुनको झोल, शौचालयमा आवश्यक पर्ने फिनेल, अम्रिसोको कुचो बिक्रि गरेर भएको आम्दानीबाट उनीहरुले उद्योग विस्तार गरिरहेका हुन् ।

५ बर्षअघि मदनपोखरा आरुखर्कमा सिर्जनशिल अपांग स्वावलम्वन केन्द्र बनाएर ३० जना दृष्टिविहीनले सामुहिक रुपमा गरेको मेहनत उदाहरणीय बनदै गएको संस्थाका उपाध्यक्ष प्रेमबहादुर रानाले बताए । शून्यबाट सुरु गरेका थियौं, अहिले लाखौंको भएके छ उनले भने । केन्द्रमै उत्पादित सामग्रीको बिक्रिबाट नियमितजसो उपकरण थप्ने गरिएको उनले बताए ।

पाल्पासहित अनय जिल्लाबाट समेत आएका दृष्टिविहीनहरु सबैले काम बाँडफाँड गरेर उद्योग चलाइरहेका छन् । कसैले उद्योगमै काम गर्छन् भने कसैले बजारमा लगेर सामान बेच्ने गर्छन् । कसैले कार्यालयको काम गर्छन्, कोहि उत्पादनमा सक्रिय छन् ।

उद्योगबाट मासिक डेढलाख बरावरको आम्दानी हुने गरेको छ । राम्रा सामान बनाएको हुँदा बेच्न कुनै समस्या नभएको संस्थाका सदस्य नरबहादुर कुमाल बताउँछन् । अमृत अधिकारीले यो समाचार कारोवार दैनिकमा लेखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय