मोदी सरकारमाथी बन्दुक तेर्स्याउनु ठिक हुँदैनः शाहरुख खान

काठमाडौं, १८ कार्तिक– बलिउड सुपरस्टार शाहरुख खानले पहिलोपटक नरेन्द्र मोदी सरकारका बिषयमा मुख खोलेका छन् । उनले खुलेर मोदी सरकारको प्रंशसा गरेका छैनन्, तर नयाँ सरकारलाई काम गर्न दिनुपर्ने बताएका छन् । भारतीय समाचार सस्था अाजतकका अनुसार आफ्नो ४९ औं जन्मदिनमा पत्रकारसँगको कुराकानीका क्रममा उनले यो कुरा बताएका हुन् ।

शाहरुखले भनेका छन् केन्द्र सरकारको आलोचना मात्र गरिरहनुभन्दा कम्तिमा दूई बर्षको समय दिनुपर्छ । मोदी सरकारसँग पुर्ण बहुमत भएको बताउँदै उनले लोकतन्त्रमा यो आँफैमा ठुलो जित भएको बताएका छन् । पहिले मोदीलाई समर्थन गरेका मिडयाले छ महिना नपुग्दै सरकारमाथी बन्दुक तेर्स्याउनु ठिक नहुने उनको भनाई छ ।

भारत सरकारले शिक्षा, महिला शसक्तिकरण, बाल बिकास जस्ता क्षेत्रमा काम गर्नुपर्ने उनको सुझाब छ । उनले स्वच्छता अभियानलाई राम्रो कामको थालनी भनेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: