
मकवानपुर, १८ कार्तिक- हेटौंडा नगरपालिका वडा नम्वर १७ मा पर्ने चुरियामाइ मन्दिर नजिकै उकालोमा इटा बोकेको ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। ना ४ ख १२५२ नम्बरको ट्रक हेटौंडातर्फ अाउँदै गर्दा आज बिहान ५ बजे उकालोमा अनियन्त्रित भइ पल्टेको प्रत्यक्षदर्शीले बताएका छन्।
मृत्यु हुनेमा सियराम महतो, झगरु महतो, जित पासवान, रामवलि माझी, विकेश यादव, जंगिलाला महतो र हेटाैडा नवलपुरका राजकुमार माझी छन्।राजकुमारबाहेक ६ जना सर्लाही औरही-८ का हुन्। घाइते हुनेमा सर्लाही औरही -८ का रामबहादुर राय, नवल राय, सुकदेव माझी, राजेश राम, विजय माझी, लक्ष्मी माझी, महेन्द्र पासवान, राम सोगारथ माझी र छबिलाल पासवान छन्। उनीहरु सबै ट्रकको पछाडि बसेका थिए। क्षमताभन्दा बढी इटा बोकेकाले पल्टिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालक दुबैजना फरार छन्।