नवीकरण भएनन् कामदारको स्वास्थ्य परिक्षण गर्ने मेडिकल

काठमाडौं, १८ कार्तिक– सरकारले नवीकरण नगरिदिंदा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै मेडिकल ‘अवैध’ भएका छन् ।

मेडिकल सुचिकृत गर्दा असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने प्रमाणपत्रमै उल्लेख छ । ‘अहिले कार्तिक भैसक्यो,’ स्वास्थ्य व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले भने, ‘नवीकरणको निवेदन मन्त्रालयमा थन्काएर राखिएको छ ।’ नवीकरण नभएकाले कामदारको स्वास्थ्य परिक्षण गर्ने सबै मेडिकल अवैध भएका हुन् । अवैध मेडिकलले जारी गरेको निरोगिताको प्रमाणपत्रको कानुनी हैसियत समेत रहदैन ।

श्रम तथा रोजगार मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षण गर्न २ सय ९९ मेडिकल सुचिकृत गरेको छ । मन्त्रालयले २०६९ चैतमा ३५ दिने सुचना जारी गरी मेडिकल अनुगमन सुरु गरेको थियो । त्यसपछि २०७० असारमा मेडिकलसम्बन्धि मापदण्ड जारी गरेको थियो । मापदण्डमा कडाई गरेपछि पहिलो चरणमा ६३ वटा मेडिकल मात्र सुचिकरणमा परेका थिए ।

श्रम सचिब भोलाप्रसाद शिबाकोटीले मेडिकलहरुले नवीकरणका लागि निवेदन दिएको बताए । ‘निवेदनमाथी अध्ययन भैरहेको छ,’ उनले भने, ‘नवीकरण गर्न समस्या छैन । अब सुरु गर्छौ ।’ उनले नवीकरणका साथै मेडिकलको मापदण्डमा छड्के अनुगमन पनि सँगसँगै गर्ने बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: