रोजगारीका लागि कुनैपनि युवा विदेशिनु पर्दैनः कृषि मन्त्रि

काठमाडौं, १७ कार्तिक– कृषि बिकास मन्त्रि हरिप्रसाद पराजुलीले आउँदो पुष महिनादेखि कृषि क्षेत्रमा ठुलो अबसर सिर्जना हुने बताएका छन् । रोजगारीका लागी कुनै पनि युवा विदेशिनु नपर्ने उनले बताए ।

विदेश जाने युवालाई स्वदेशमंै रोक्नका लागि कृषि आकर्षणको क्षेत्र भएको भन्दै उनले त्यस्ता युवालाई लक्षित गरेर मन्त्रालयले कार्यक्रम बनाएको बताए । उनले भने–‘विदेश जान टिकट काटेर ठिक्क परेका युवाहरु पनि पुसपछि नेपालमैं बस्नेछन् ।’

रिपोर्टर्स क्लब नेपालले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रि पराजुलीले कृषि क्षेत्रलाई आकर्षणको केन्द्र बनाउन सरकारले देशभरका सबै बाणिज्य बैंक र त्यसका शाखालाई छ प्रतिशतको सहुलियत दरको ऋण उपलब्ध गराउन निर्देशन जारी गरेको बताएका छन् । उनले यस कार्यक्रमक मार्फत साना किसानलाई कृषि क्षेत्रमा व्यबसायीकरणका लागि मद्दत पुग्ने बताएका छन् ।

उनले धान, गहुँ तथा उपभोग्य खाद्यान्नको समर्थन मुल्य निर्धारणका लागी बाणिज्य तथा आपुर्ती मन्त्रालयमा पठाएको जानकारी दिए । कृषि क्षेत्रलाई उत्पादन र परिणाममुखी बनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक भएको बताउँदै उनले बजेट कार्यान्वयन हुन सके नेपालमा कृषि क्रान्तिको बाटो खुल्ने बताएका छन् ।

कृषि सम्बन्धि क्षमता अभिवृद्धि गर्नका लागि ११ सय युवालाई तालिमको व्यबस्था गरिएको कृषि मन्त्रि पराजुलीले जानकारी दिएका छन् । उनले कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि बिश्वबिद्यालय खोल्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय