
काठमाडौं, कात्तिक १७- हैदरावादको एक विश्वविद्यालयमा अध्ययनरत २३ बर्षकी एक छात्रामाथि सामुहिक बलात्कार भएको छ । प्रहरीका अनुसार ईएफएलयू(ईंग्लिस एण्ड फरेन ल्याङवेज यूनिभर्सिटी) मा अध्ययनरत ति छात्रालाई सोही विश्वविद्यालयको परिसरको एक कोेठामा सामुहिक बलात्कार भएको हो ।
उनलाई उनकै एक केटा साथि र सो व्यक्तिको अर्को साथि मिलेर सामुहिक बलात्कार गरेको प्रहरीले बताएको छ । घटना कात्तिक १४ गते राती भएपनि प्रहरीमा उजुरी भने ढिलो मात्र परेको छ ।
प्रहरीका अनुसार ति युवतीलाई नशालुु औषधी खुवाएर बेहोस् बनाएर बलात्कार गरिएको थियो । दुवै युवा र ति युवतीबीच पहिले देखि नै चिनजान रहेका कारण युवतीले उनीहरुलाई विश्वास गरेको र ति युवाले त्यसकै नाजायज फाइदा उठाएको अमरउजालाले खवर लेखेको छ ।
बलात्कारका आरोपि मध्ये एकजना नितिन विश्वविद्यालयमा पत्रकारिता विषयमा अध्ययनरत छात्र छन् । यसैगरी दोश्रो युवक राजसिन्हा संस्थानका पूर्व छात्र हुन् । दुुवैलाई पक्राउ गरिएको छ ।