देवकोटा जयन्तीका अवसरमा कविता बाचन

खगेन्द्र कार्की, कतार– कतारका तीन साहित्यिक संस्थाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीका अवसरमा दोहाको ग्रयाण्ड प्यालेस होटलमा मदन पुरस्कार विजेता कवि तथा आख्यानकार राजन मुकारुङको एकलबाचन कार्यक्रम सम्पन्न भएको छ ।

सन्ध्या ग्रुपका अध्यक्ष थेर्चा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कतारका सर्जकहरु उपस्थित थिए । कार्यक्रममा पुष्प निरौलाको हातबाट कोरिएको मुकारुङको तस्बिर हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा राखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको आर्ट फोटोसमेत तयार पारेका निरौलाले अन्य साहित्यक सर्जकहरु भूपि शेरचन, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, बालकृष्ण सम, पारिजात तथा सरुभक्तको तस्बिरसमेत आर्ट गरी कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

P1070332

कतारमा रहेका सर्जकहरुका सिर्जनालाई साहित्यिक संस्थाद्वारा छनौट गरी उत्कृष्ट साहित्यिक रचनाहरुलाई बाचन गरिएको कार्यक्रममा लेख कार्की, टिका खड्का राष्ट्रप्रेमी थिएले गजल बाचन गरेका थिए । यस्तै पूर्ण कान्छा गुरुङ, विन्देश्वर ठाकुर, नवराज विक, रविन्द्रकमार श्रेष्ठ, ईश्वर साहीले आ–आफ्ना सिर्जना बाचन गरेका थिए ।

मुकारुङले आफू कविताको लेखन निकै लामो समयदेखि छोडेको र आख्यानतिर लागेको भन्दै आफ्ना सिर्जनाहरुको एकल बाचन गरेका थिए । कार्यक्रममा मुकारुङलाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

मुकारुङको उपन्यास दमिनी भीरले गत वर्ष मदन पुरस्कार हात पारेको थियो । सीमान्तमा पारिएका आवाजलाई साहित्यको माध्यमबाट सरल ढंगबाट प्रस्तुत गर्न मुकारुङ खप्पिस मानिन्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय