कुवेतमा नेपालीले खेले हाजिरीजवाफ

कुवेत, कात्तिक १५- कुवेतमा जनजाग्रिती युवा समाज कुवेतले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा कोसेली समुह प्रथम भएको छ । ६ वटा समुह सहभागि सो प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ दोश्रो भयो भनें विश्व साहित्य महासघ तेस्रो भएको छ ।

विजेताहरुलाई कप, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नेपाली राजदुत बिशाल भट्टराईले जन जागृति युवा समाजले गरेका हरेक कामले प्रवाशमा नेपालीहरुलाई सहयोग पुगेको र सिर्जनशिल काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । यसरी नै नेपालीले आफ्नो काममा मात्र नभई रचनात्मक काममा पनि सकृयता देखाएको आफूले हेर्न चाहेको उहाँले धारणा राख्नुभयो ।

सोही अवशरमा क्लबका अध्यक्ष जय आलेले यस्ता कार्यक्रमले बौद्धिक विकास हुने भन्दै रचनात्मक कार्यक्रम निरन्तर आयोजना गरिने बताउनुभयो ।

यसैगरी पत्रकार तोयानाथ दाहाल, पत्रकार ईन्द्र भुसाल ,झापाली समाजका अध्यक्ष ईन्द्र भट्टराई लगायतले यो कार्यक्रमले प्रवासमा विद्यार्थी जीवनको झल्को दिएको भन्दै भविष्यमा पनि जनजागृतिले राम्रा कार्यक्रमहरु गरोस् भन्दै शुभकामना दिएका थिए ।

तस्वीरहरु विवेक ढकाल, कुवेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय