गाडी एकापसमा जुध्दा १० जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं १५ कात्तिक- मकवानपुरको बसामाडीमा भएको गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको यात्रुबस मकवानपुरको बसामाडीमा शनिबार बिहान सवा २ बजे एकापसमा जुधेका हुन् । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार दुर्घटनामा परि ३० जना घाइते भएका छन्।

काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बस दुर्घटनामा परेका हुन्।

मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख उमेश रंजितकारका अनुसार घटनास्थलमै मृत्यु हुने यात्रुमा इलामका रोशन भट्टराई, मिलन अधिकारी, इसा कार्की, सुजाता काफ्ले, रक्षा श्रेष्ठ, विराटनगरका शान्ता लुईंटेल, २६ वर्षीया रसियन नागरिक डारिया मोलोचक्व र थर खुल्न नसकेकी आस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, दुर्घटनामा परि गम्भिर घाइते प्रवीणराज आचार्यको हेटौंडा अस्पतालमा र इजत दाहालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा परि घाइते भएकचा ३० जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: