वैदेशिक रोजगारमा कसलाई विश्वास गरौं ?

प्रश्न: मेरो नाम रामकृष्ण निरौला हो, घर पर्वत । म वैदेशिक रोजगारीका लागि जान चाहन्छु । गाउँमा थुप्रै मान्छेले वैदेशिक रोजगारीमा पठाउने काम गर्छन् तर भरपर्दो कोही लाग्दैन । भोली अप्ठ्यारो आइपरेमा कानूनी हिसावमा पनि सुरक्षित हुने गरी कसरी वैदेशिक रोजगारीमा जान सक्छु होला ?

उत्तरः रामकृष्ण जी, तपाई आफ्नो ठाउँको वैधानिक एजेण्ट मार्फत प्रकृया गरी म्यानपावरसम्म जान सक्नुहुन्छ । त्यसो गर्नुभयो भनें तपाईको सम्पूर्ण प्रकृया तिनै एजेण्टले गरिदिन्छन् । तर त्यसरी काम गरिदिने एजेण्ट वैधानिक हो होइन भन्ने हेर्नुहोला । त्यसरी जानुभयो भनें तपाईको एजेण्ट मार्फत तपाईको छुट्टै दुर्घटना विमा सहितको व्यवस्था छ । र पछि कुनै अप्ठ्यारो परेमा हाम्रो एसोसिएसनले पनि तपाईलाई सहयोग गर्छ । (खड्गबहादुर श्रेष्ठ, नेपाल बैदेशिक रोजगार प्रतिनिधि एजेण्ट एसोसिएसन)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: