यूएई जान यति धेरै पैसा तिर्नुपर्छ र ?

प्रश्नः मेरो नाम प्रकाश पाठक हो, घर चितवन । मलाई चित्त नबुझेको कुरा यूएई जान खोज्दा केहि म्यानपावर कम्पनीहरुले खुल्लमखुल्ला रुपमा ४ लाखको हाराहारीमा रकम माग्छन् । जवकी सरकारी नियम अनुसार बढीमा ७० हजार मात्रै लाग्छ भनिएको छ । के खाडीका देशमा जान पनि लाखौं तिर्नुपर्छ र ?

उत्तरः प्रकाश जी, त्यसरी कुनै म्यानपावर कम्पनीले तोकिएभन्दा बढी रकम असुल्न पाउँदैन । कसैले असुलेको पाइएमा तत्काल कारवाही गरिन्छ । तर त्यसका लागि तपाईहरुजस्ता भुक्तभोगिले वैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्छ । त्यहि उजुरीका आधारमा सम्वन्धित म्यानपावर सञ्चालकलाई कारवाही गरिन्छ । (कृष्णप्रसाद न्यौपाने, अधिवक्ता तथा कार्यक्रम संयोजक पिपुल्स फोरम)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय