
प्रश्न: मेरो नाम अरुण क्षेत्री हो । घर दाङ । मैले सिभिल सव ओभरसियर सकेको छु र कम्प्युटरमा पनि बेसिक डिप्लोमा गरेको छु । म काम गर्न विदेश जाने सोचाइमा छु । कुन देश जाँदा राम्रो अवशर पाइएला ?
उत्तरः तपाईका लागि खाडीका देशहरुमा अवशर बढी हुन सक्छ । कतारमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना हुँदै छ जसका कारण त्यहाँ निर्माणको काम तिब्र रुपमा चलिरहेको छ । तलव पनि मासिक १ लाख भन्दा बढी अपेक्षा गर्न सक्नुहुन्छ । तर मेरो सुझाव तपाईजस्तो दक्ष जनशक्ति विदेश जानुअघि नेपालमै कुनै अवशरको खोजि गर्नु राम्रो हुन्छ । (ज्ञानु गैरे, वैदेशिक रोजगार व्यवसायी)