आन्दोलनरत श्रमिकलाई जिफण्टको साथ

काठमाडौं – नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन केन्द्रीय कमिटीले श्रमिकहरु निस्काशन गरेको बिरुद्धमा गत कात्तिक ३० गते देखि जनक शिक्षा सामंग्री केन्द्रको गेटमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा जिफन्ट आवध्द बिभिन्न यूनियन तथा राजनीतिक पार्टीहरूले ऐक्यवद्धता जनाएका छन् ।

तत्काल पुनर्वहालीको माग सहित शान्तिपूर्ण धर्नामा बसेका २ सय ३० जना श्रमिकहरुलाई एक्येवध्दता जनाउन जिफन्ट गभर्निङ काउन्सील सदस्य तथा सभासद बिनोद श्रेष्ठ, प्रचार सचिव जितेन्द्र श्रेष्ठ, नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी कार्यबाहक अध्यक्ष बलराम खत्री लगाएत जिफन्ट अवध्द यूनिनयनका नेताहरू पुगेका थिए ।

धर्ना कार्यक्रममा बागमती उपाध्यक्ष प्रदिप भट्टरार्इ, जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर यूनियनका बरिष्ठ उपाध्यक्ष यूवराज जिरेल, नेपाल यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मि तथा कर्मचार यूनिनयका अध्यक्ष चन्द्र थापाले नेस्वप्रेमयूको आन्दोलनमा एक्येवध्दता जनाउँदै मन्तव्य राखेका थिए ।

त्यसैगरी नेपाल स्वास्थ्य स्वयमसेवी संघ केन्द्रीय सदस्य तथा बागमती इन्चार्ज कबिता रार्इ, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी उपाध्यक्ष बचन देउजा, नेकपा एमाले मजदुर बिशेष भक्तपुर इलाका कमिटी अध्यक्ष बलराम अधिकारीले पनि आन्दोलनमा एक्येवध्दता जनाएका थिए ।

कार्यक्रममा नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठले नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनको अन्दोलनलार्इ हौसला र प्रेरणा दिन आएका सबैलाई धन्यवाद दिदै २० औं वर्षदेखि निरन्तर प्रतिष्ठानको सेवामा रहेका श्रमिकहरुको पुनरबहाली नभएसम्म आन्दोलन जारी रहने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय