कफी खेतीको माध्यमबाट कृषि पर्यटन

इथोपियाबाट प्रभावित भएर भरत रेग्मीले २०१० देखि नेपालमा व्यावसायिक कफी खेतीको सुरुआत गरे । सन २००४ मा इथोपिया पुगेको रेग्मीले त्यहीबाट प्रभावित भइ नेपालमा व्यावसायिक कफी खेती गर्ने सोचका साथ नेपाल फर्किएका थिए । त्यसपछि उनले आफ्नो जिल्लास्थित धादिङको नलाङमा ३ सय रोपनी जग्गामा व्यावसायिक रुपमा कफी खेती सुरु गरेका हुन । उनले कफी खेती सुरु गरेपछि स्थानीय १६ जनाले रोजगारी पाएका छन् ।

लामो समयदेखि पर्यटन व्यवसायमा संग्लन धादिङ जिल्लाका भरत रेग्मी यतिखेर व्यावसायिक कफी खेतीमा ब्यस्त छन् । अग्र्यानिक कफी खेतीको माध्यमबाट कृषि पर्यटनलाई दिगो रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप रेग्मी यतिखेर कफीको स्याहार सुसारमा व्यस्त छन् ।

इथोपियाबाट प्रभावित भएर रेग्मीले २०१० देखि नेपालमा व्यावसायिक कफी खेतीको सुरुआत गरे । सन २००४ मा इथोपिया पुगेको रेग्मीले त्यहीबाट प्रभावित भइ नेपालमा व्यावसायिक कफी खेती गर्ने सोचका साथ नेपाल फर्किएका थिए । त्यसपछि उनले आफ्नो जिल्लास्थित धादिङको नलाङमा ३ सय रोपनी जग्गामा व्यावसायिक रुपमा कफी खेती सुरु गरेका हुन । उनले कफी खेती सुरु गरेपछि स्थानीय १६ जनाले रोजगारी पाएका छन् ।

पर्यटन र कफी व्यवसायलाई एक साथ अगाडि बढाउने उद्देश्य अनुरुप उनले हाल ५१ हजार बिरुवा लगाइसकेका छन् । काठमाडौंको ठमेलस्थित अल्पाइन एक्स्पोर नेपाल नामक ट्राभल्स एजेन्सी समेत सञ्चालन गरेका छन् । उनको एजेन्सीमार्पmत आउने पर्यटकलाई आफ्नै कफी फार्ममा घुमाउन लैजाने गरेको उनको भनाइ छ । रेग्मी महिनामा २० दिन कफी फाममा भेटिन्छन् भने, बाकी १० दिन मात्र काठमाडौं बस्दै आएका छन् ।

एग्रो टुरिजमको माध्यमबाट देशलाई आर्थिक समृद्ध बनाउन सकिन्छ भन्ने मान्यता उनको छ । पाँच जनाको समूह मिलेर सुरु गरेको फार्मबाट उत्पादन लिन थालिएकोछ । उनीहरुले हिमालय अनटप अग्र्यानिक कफी इस्टेट प्रालि नामक कम्पनी दर्ता गरी व्यावसायिक कफी खेती सुरु गरेका हुन । सुरुमा १४ हजार बिरुवा लगाएका रेग्मीले हाल ५१ हजार कफीका विरुवा लगाइसकेका छन् ।

coffee-waterharvest

आधुनिक सिंचाइ प्रविधिलाई आत्मसाथ गरेका रेग्मीले सिंचाइ प्रविधि अष्ट्रेलियन हो । अष्ट्रेलिया जादा देखेको प्रविधिलाई रेग्मीले आफ्नो फार्ममा व्यावहारिक रुपमा उतारेका हुन् । कफीको सिंचाइका लागि रेग्मीले १० वटा आधुनिक पानी ट्याङकी बनाइ पानी जम्मा गर्ने गर्छन । आकाशबाट परेको पानीलाई सहि तरिकाले सदूपयोग गरेर रेग्मीले कफीमा सिंचाइ गरिरहेका छन् ।

विनोदकुमार चौलागाई, धादिङ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय