श्रमिकले सुरु गरे आन्दोलन

काठमाडौं, कात्तिक २८- नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन केन्द्रीय कमिटीले शुक्रवार पत्रकार सम्मेलन गरी जनक शिक्षा सामंग्री केन्द्रले २ सय ३० जना श्रमिकलाई निस्काशन गरेको बिरुद्धमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरको गेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्व सहमति कार्यान्वयन गर्दै मजदुरहरुलाई पुनर्वहाली नगरिए सडक संघर्ष सुरु हुने युनियनका अध्यक्ष महेन्द्र लाल श्रेष्ठले चेतावनी दिनभयो ।

घोषित आन्दोलनको कार्यक्रम अनुसार आइतवार बिहान १०ः०० बजेदेखि जनक शिक्षा सामंग्री केन्द्रको गेटमा शान्तीपुर्ण धर्ना तथा विरोध सभा हुनेछ । सोमबारदेखि विहिवारसम्म ९ः३० बजेदेखि मेनगेटमा शान्तिपुर्ण धर्ना तथा अन्य विरोधका कार्यक्रम गर्ने र बिहिवारसम्ममा पनि मागको कुनै सुनुवार्इ नगरीए शुक्रवार विरोधका थप कार्यक्रम घोषणा गर्ने जनाइको छ ।

यसअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रशासनलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्टले ज्ञापन पत्र बुझाएको थियो ।

गत कात्तिक २५ गते लिमिटेडका प्रशासकिय प्रमुख महेन्द्र गौतमलाई भेटी विना कारण निष्काशन गरिएका श्रमिकहरुलाई तत्काल पुनर्वहालीको माग गरिएको थियो ।

जिफन्टका नेतृत्वसंग प्रमुख गौतमले श्रमिकहरुलाई अन्याय भएको स्विकार गरेपनि पुनर्वहाली गर्ने अधिकार आफुहरुको हातमा नभएकाले अर्थमन्त्रालयसंग पहल गर्न आग्रह गरेको जिफन्टका उपमहासचिव जनक चौधरीले बताउनुभयो ।

जिफन्टका उपाध्यक्ष हरिदत्त जोशी, उपमहासचिव जनक चौधरी, सचिव तुलसी सिवाकोटी, प्रेस युनियनका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, महासचिव कृपा कार्की, सभासदहरु विनोद श्रेष्ठ र पेम्वा लामा लगायतको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेका थिए ।

२० औं वर्षदेखि निरन्तर प्रतिष्ठानको सेवामा रहेका श्रमिकहरुलाई निष्काशन गरिएपछि जिफन्ट आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनले आन्दोलन गर्दै आईरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय