क्यूपेकको नयाँ कमिटी

ललितपुर- लफितपुर जिल्लाको ईमाडोल र चापागाउ क्षेत्रमा कार्यरत महिला निर्माण श्रमिकहरुको भेलाले शान्ति बजुको अध्यक्षतामा ९ सदस्यिय क्युपेक–नेपाल र्इमाडोल महिला गाउँ कमिटी गठन गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टसँग आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्वरतथा निर्माण मजदुर युनियन क्युपेक–नेपाल हो ।

नव गठित कमिटीमा उपाध्यक्ष राम माया वाईबा, सचिव तारा ठोकर, सह–सचिव बिमला तामाङ, कोषाध्यक्ष निमा तामाङ, सदस्यहरुमा देबी तामाङ, लक्ष्मी चौलागाई, सुन्तली तामाङ, गंगा तामाङ, र बशन्ती मोक्तान रहेका छन् ।

सो कार्यक्रम क्यूपेक नेपालका केन्द्रिय सदस्य धुर्पा देबी राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि धुर्पा देबि राईले क्युपेक–नेपालको महिला नीति र संरचनाको बारेमा प्रष्ट परेकी थिइन् । उनले नयाँ कमिटीलाई श्रमिकका पक्षमा काम गर्न शुभकामना समेत दिइन् ।

भेलामा जिफन्ट ललितपुरका अध्यक्ष मिङमार गोपाल शेर्पा, कृतिशोभा राई र गोपाल गौतमले नव निर्वाचित कमिटीलार्इ बधार्इ तथा शुभकामना दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय