ओमानमा बन्यो नेपालमा बाख्रा पाल्ने योजना

विनाेदकुमार चाैलागाई- मकवानपुरको आमभन्ज्याङ–३ कालीवनमा छ जना युवाहरु मिलेर गाबिसकै सबैभन्दा ठुलो बाख्रा फार्म संचालन गरेका छन् । हिमालयन एग्रोटेक प्राली नाम दिएर छ महिनाअघि सुरु गरिएको बाख्रा फार्मका लागि ६५ लाख रुपैंया लगानी भएको एक जना कृषक सुबर्ण कर्माचार्यले बताए । फार्ममा अहिले १ सय ७५ वटा बाख्रा छन् । जसमध्ये ३५ वटा माउ र २ वटा उन्नत जातका ब्याडे बोका छन् ।

फार्ममा ३ सय वटा सम्म बाख्रा राख्न सकीने क्षमताको बनाईएको छ । फार्मलाई अझै ब्यबस्थीत रुपमा संचालन गर्नको लगानी एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको संचालक कर्माचार्यले बताए । फार्म सञ्चालन गर्न चार बिगाहा जग्गा २० बर्षका लागि भाडामा लिईएको उनको भनाईछ । ‘१४ बर्ष सम्म ओमानमा बसेर निकै दुःख गरें’ उनले भने, ‘बाख्रापालनबाट नेपालमैं चार गुणा आम्दानी हुने देखेपछि म यतै रोकिएँ ।’

हेटौडाका कर्मचार्यसँग साथमा गुल्मीका बाबुराम अर्याल र गोपाल कुँवर, सिन्धुलीका डिभी क्षेत्री, काठमाडांैका प्रेम सापकोटा, झापाका दिपक श्रेष्ठ छन् । बाख्रा पालनका लागी उनीहरुको समुहले दुई बर्षदेखिनैं तयारी थालेको थियो । यसअघि उनीहरुले बाख्रा खोर, बस्ने ठाउँ, घाँस लगाउने काम सुरु गरेका हुन् । बाख्रालाई खुवाउनका लागि ३ बिगाहा क्षेत्रफलमा घाँस लगाइएको छ भने अरु एक बिगाहा क्षेत्रफलमा बाख्राको खोर, बाख्रा चरन क्षेत्र निर्माण गरीएको छ । सबै संरचना निर्माण भएपछी गएको जेठ महीनाबाट बाख्रा पालन गर्ने काम सुरु गरीएको कृषक बाबुराम अर्यालले बताए । ‘हामी सबै ओमानमा सँगै काम गथ्र्यौं ।’ उनले भने, ‘नेपालमा गएर बाख्रा पाल्ने हाम्रो योजना ओमानमैं बनेको थियो ।’

बाख्रा फार्मलाई नेपाल सरकारले खोर सुधार र औषधी उपचारका लागि भन्दै ७१ हजार रुपैंया अनुदान उपलब्ध गराएको समुहका प्रेम सापकोटाले जानकारी दिए । अरु खालका सहयोग उपलब्ध गराउने आश्वासनले आफुहरुलाई व्यबसायीक रुपमा कृषिमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन् ।

goatfarming2

फार्ममा भएको सबै बाख्राहरुको बिमा गरीएको डिभी क्षेत्रीले जानकारी दिए । बिमा गर्दा सरकारले ७५ प्रतिशत सहयोग गरेको उनले बताए । सुरुमै दुईसय वटा बाख्रा पालन गर्न सुरु गरीएपनि बिभीन्न रोगका कारण ६ महीनाको अबधिमा २५ वटा बाख्राहरु मरेकाले केही समस्या देखा परेको उनको भनाई छ ।

गाउँमा फार्म सञ्चालन भएपछि स्थानीय ७ जनाले रोजगारी पनि पाएका छन् । युवाहरु मिलेर गरेको कामले राम्रो उन्नती हुने देखिएपछि गाउँका अरु युवालाई पनि हौसला मिलेको स्थानीय चन्द्रबहादुर स्याङतानले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय