विदेशमा आपतमा परेका नेपालीलाई सहयोग गरः अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशमा अलपत्र परेका, जेल परेका र आर्थिक अभावका कारण स्वदेश फर्किन समस्यामा रहेका नेपालीलाई ७ दिन भित्रमा आवश्यक सहयोग उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । अख्तियारले प्रेस विज्ञप्ती जारी गर्दै बैदेशिक रोजगारको सिलसिलामा बिभिन्न मुलुकहरुमा समस्यामा परेका नेपालीहरु प्रति सम्वेदनशिल हुन सरकारलाई आग्रह गरेको हो ।

खासगरी मलेसिया, कतार र साउदी अरबमा त्यसरी नेपाली अप्ठ्यारोमा परेको खवर सार्वजनिक भएको र त्यसमा आफ्नो गम्भीर चासो रहेको अख्तियारको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिभिन्न कारणले ति देशका कारागारमा नियन्त्रणमा रहेका, म्यानपावर कम्पनीहरुको आश्वासनमा काम नपाइ बसेका तथा अस्वस्थ हुँदा र कानून बमोजिम नेपाल फर्किन चाहनेहरु तर आर्थिक अभावका कारण फर्कन नसकेकोलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन अख्तियारले निर्देशन दिएको हो ।

विगतमा अख्तियारकै पहलमा सरकारले मलेसिया स्थीत नेपाली दुतावासलाई यस्तै समस्यमा परेकाहरुलाई सहयोग गर्न २० लाख रुपैंयाँ पठाइएको स्मरण गराउँदै अख्तियारले अहिले पनि सोही प्रकारको सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ ।

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कामदारले विदेश जाँदा कल्याणकारी कोष वापत तिरेको रकमबाट नै समस्यामा परेकाहरुलाई सहयोग गर्न अख्तियारले भनेको छ । विदेश जाँदा नेपाली कामदारले प्रतिव्यक्ति रु १ हजार कल्याणकारी कोषमा बुझाउनु पर्ने व्यवस्था छ ।

विदेशमा रहेका नेपाली दुतावास तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उनीहरुलाई स्वदेश फिर्ता ल्याउने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई अख्तियारले निर्देशन दिएको हो । साउदी अरबमा ५९ जना नेपाली अप्ठ्यारोमा परेको खवर कात्तिक दोश्रो साता सार्वजनिक भएको थियो । यसैगरी कतार तथा मलेसियामा पनि ठगिमा परेर नेपाल फर्किन चाहने नेपालीको संख्या धेरै रहेको छ ।

नेपालबाट म्यानपावर कम्पनीहरुले झुटो आश्वासनमा पठाएकाहरु गन्तव्य मूलुकमा पुगेपछि धेरै शोषणमा पर्ने गरेका छन् । त्यसरी शोषणमा परेका मध्ये कतिपयलाई सम्झौता अवधि पूरा गरेपछि समेत कम्पनीहरुले नेपाल फर्कन दिंदैनन् भनें कतिपय कम्पनी छोडेर भागेपछि अवैधानिक कामदारका रुपमा बस्ने गर्दछन् । त्यसरी अवैधानिक रुपमा बसेका कामदार अझ बढी समस्यामा पर्ने गर्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय