रवि रोषी, दोहा, कात्तिक १५- नेपालको राष्ट्रिय फुटबल टिम कतारमा शुक्रवार भएको खेलमा फिलिपिन्ससँग हारेको छ । तीन बर्ष अघि फिलिपिन्सको राजधानी मनिलामा भएको खेलमा ४ ० को पराजय भोगेर फर्केको नेपाली टिमले कतारमा आएर पनि खेल जित्न सकेन ।
क्याप्टेन सागर थापाले मैदानमा उत्रिनु अघि काउन्टर एट्याकको शैलीमा खेल्ने बताए पनि नेपालले कुनै पनि समय त्यस्तो खेल्न सकेन । नेपालले धेरै आशा गरेका स्ट्राइकर विमल घर्तीमगरले राम्रो खेल्न सकेनन् ।
मध्यान्तरपछि ४९ औं मिनेटमा फिलिपिन्सका ग्रेटवीच सिमोनले पहिलो गोल गरे । ९१ औं मिनेटमा फिलिपिन्सका कप्तान जेम्सले अर्को गोल थपे भनें त्यसको एक मिनेट नबित्दै फिलिपिन्सले तेश्रो गोल थप्यो ।
मध्यान्तर पछि फिलिपिनो खेलाडीलाई हिर्काएर रातो कार्ड खाँदै जगजीत श्रेष्ठले मैदान छोडेका थिए । सो खेल हेर्न १२ हजारको हाराहारीमा दर्शक आएका थिए ।
सो खेलका केहि तस्वीरहरु हेर्नुहोस्
<wp-content/uploads/2014/11/Qatar-football-1.jpg”>