यूएईमा दुर्घटनामा परेकालाई मनकारीहरुको सहयोग

मेघराज सापकोटा । युएई – युएईको रसअल खेइमाह बस्ने नेपालीहरुले झापा जिल्ला घर भई रस अल खेइमहामा काम गर्दा गर्दै दुर्घट्नामा परेका हीरा बहादुर बुढाथोकीलाई उपचारको सहयोगका लागि ४० हजार रुपैँया सहयोग गरेका छन ।

एनआरएनए रस अल खेइमहा र नेपाली जनप्रगतिशील मञ्च, क्षेत्रिय समितिले संयुक्त रुपमा उक्त सहयोग गरेका हुन् । ६ महिना अगाडी कम्पनीमा काम गर्दै गर्दा उनी अग्लो स्थानबाट झरेर घाइते भई धेरै समयसम्म अचेत अवस्थामा अस्पतालमा उपचार गराएका थिए ।

अत्यन्तै नाजुक अवस्था रहेका उनलाई लामो समयसम्म नलीको सहायताले खानापिना र दिसापिसाब गराइएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आए पछी निजकै अनुरोधमा कम्पनीले एक महिना अगाडी मात्रै बुढाथोकीलाई नेपाल पठाएको थियो । हाल उनी झापाको दमकमा डाक्टरबाट उपचार गराईरहेका छन् । पूर्ण रुपमा स्वस्थ हुन अझै धेरै समय लाग्ने निजलाई उधृत गर्दै मञ्चका सदस्य राजेन्द्र रोस्याराले जानकारी दिएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: